निर्माण व्यवसायी महासंघ र चाइना इन्टरनेशनल कन्ट्रयाक्र्टस एसाेसिएसनबिच सम्झौता


काठमाडाैँ । नेपाल निर्माण व्यवसायी महासंघ र चाइना इन्टरनेशनल कन्ट्रयाक्र्टस  एसाेसिएसनबिच सम्झौता भएको छ ।

शुक्रवार काठमाडौँमा भएको सम्झौतामा नेपाल निर्माण व्यवसायी महासंघ (फक्यान) को तर्फबाट अध्यक्ष रवि सिंहले हस्ताक्षर गरे भने चाइना इन्टरनेशनल कन्ट्रयाक्र्टस एसाेसिएन (चिनका) को तर्फबाट फाङ किउचेनले हस्ताक्षर गरेका हुन् ।

चीन–नेपालबिच सहकार्यको माध्यमबाट नेपालको भौतिक पूर्वाधार क्षेत्रमा चिनियाँ लगानी आकर्षित गर्ने उद्देश्यले दुईदेशबिच एमओयु भएको निर्माण व्यवसायी महासंघका अध्यक्ष सिंहले बताए । “दुई देशबिच सहकार्य गर्ने, नेपालको भौतिक पूर्वाधार क्षेत्रमा चिनियाँ लगानीलाई आकर्षण गर्ने र नेपाली युवाहरुलाई निर्माणजन्य काममा अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाउनका लागि हाम्रो क्षमता अभिवृद्धि गर्न चिनियाँ निर्माण कम्पनीसँग सहकार्य गरिनेछ,”उनले भने ।

चाइना इन्टरनेशनल कन्ट्रयाक्र्टस एसाेसिएसन (चिनका) को तर्फबाट फाङ किउचेनले एमओयूले दुई देशबिच सहकार्य स्थापना गर्नबाटो खुलेको बताए ।


सम्झौताले दुवै देशका व्यवसायिक संस्थाहरूलाई नजिकबाट मिलेर काम गर्ने अवसर दिने उहाँको भनाई छ । —न्युज एजेन्सी नेपाल