आयात प्रतिस्थापन गर्दै मुलुकको अर्थतन्त्रको सबलिकरणको दिशामा सरकार क्रियाशील छः मन्त्री भण्डारी


काठमाडाैँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकार आयात प्रतिस्थापन र निर्यात प्रवर्धन गर्दै मुलुकको अर्थतन्त्रको सवलिकरणको दिशामा क्रियाशील रहेको बताएका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले सरकारले उद्योग तथा व्यवसायको विकासका लागि तदारुकताका साथ काम गरिरहेको बताएका हुन् ।

उनले देशमा औद्योगिक तथा व्यवसायिक वातावरण सहज बनाउन आर्थिक क्षेत्रसँग सम्बन्धित करिव एक दर्जन बढी ऐनहरू संशोधन गरिएको उल्लेख गरे। उद्योग प्रतिष्ठानहरूको सञ्चालनमा थप सहजता ल्याई वस्तु तथा सेवाको उत्पादन बढाउने र उत्पादन लगात मूल्य प्रतिष्पर्धी बनाउने उद्देश्यले ऐनहरू संशोधन गरिएको मन्त्री भण्डारीको भनाइ छ ।

उनले राष्ट्रिय स्टार्टअप नीति २०८१ नेपाल सरकारबाट स्वीकृत भई स्टार्टअप कर्जा कार्यक्रम कार्यान्वयनमा आइसकेको समेत उल्लेख गरे ।

स्थानीय बजारको सुनिश्चितता तथा आन्तरिम रोजगारीको प्रवद्र्धन गर्न सरकार कटिवद्ध भएर लागिरहेको मन्त्री भण्डारीको जिकिर छ ।