काठमाडौँ । नेपाल बैंकर्स संघ, बागमती प्रदेश (चितवन) समितिले ग्लोबल मनी विक – २०२५ विभिन्न कार्यक्रमहरु गरी मनाएको छ । हरेक वर्ष नेपाल राष्ट्र बैंकको संयोजनमा मार्च १७ देखि २३ सम्म साताव्यापी रुपमा मनाइने ग्लोबल मनी विक – २०२५ विभिन्न कार्यक्रमहरु आयोेजना गरी मनाइएको हो ।
यसै सन्दर्भमा उक्त कार्यक्रममा क, ख, ग वर्गका विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको सहभागितामा युवा वर्गमा वित्तीय साक्षरता र सचेतना बढाउने उद्देश्य सहित ¥याली गरिएको थियो । यसका साथै वित्तीय साक्षरताको प्रबद्र्धन र पहुँच विस्तार सँगै वित्तीय सेवाका आधारभूत पक्षवारे सचेतना अभिवृद्धि गर्ने विभिन्न कार्यक्रमहरु पनि आयोेजना गरिएको थियो ।
बढ्दो डिजिटल प्रविधिको प्रयोग, त्यसले निम्ताएको चुनौतीको सामना गर्नको साथै अहिलेको युवा पुस्ताको वित्तीय चेतना अभिवृद्धि गर्न यस्तो कार्यक्रमहरू महत्त्वपूर्ण हुने गरेकाे जनाइएकाे छ ।
अर्गनाइजेसन फर इकाेनाेमिक्स कोअपरेसन एन्ड डेभलपमन्ट (ओईसीडी) को संयोजनमा सन् २०१२ देखि प्रत्येक वर्ष विश्वव्यापी रूपमा यो अभियान सञ्चालन हुँदै आएको छ । यस अभियानबाट हालसम्म विश्वका १७६ भन्दा बढी मुलकका करिब छ करोड बालबालिका, किशोरकिशोरी र युवाहरू लाभान्वित भएको ओईसीडीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्