काठमाडाैँ ।खानेपानीमन्त्री प्रदीप यादवले नेपाललाई खानेपानी व्यवस्थापनको सफल नमूना राष्ट्र बनाउन सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
विश्व खानेपानी दिवसका अवसरमा शनिवार काठमाडौँमा आयोजित कार्यक्रममा उनले खानेपानी व्यवस्थापनमा रणनीतिक योजनामार्फत विज्ञसँग छलफल गरी बजेटमा प्रभावकारी नीति तथा कार्यक्रमको व्यवस्था गरिने बताएका हुन् ।
उनले नेपाल जलस्रोतमा धनी भएपनि उचित व्यवस्थापनमा कमजोर र चुनौतिपूर्ण रहेको बताए । उनले खानेपानीमा फड्को मार्नेगरी विकास साझेदार र विभिन्न दातृनिकायहरुसँग सहकार्य गर्ने बताए। सुरक्षित खानेपानी तथा सरसफाईलाई सुनिश्ति तथा दीगो बनाउने रणनीतिअन्तर्गत निजी क्षेत्र तथा गैससरकारी संस्थाहरुसँग सहकार्यको तयारी भइ रहेको उनको भनाइ छ ।
मन्त्री यादवले नेपालमा खानेपानीलाई मानव अधिकारको रुपमा सुनिश्चित गर्न संवैधानिक अधिकारको रूपमा व्यवस्था गरिएको बताए । संविधानमा भएको व्यवस्थालाई व्यावहारिक कार्यान्वयनमा थप सुधारको आवश्यक भएको उनकाे भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्