काठमाडाैँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तदायित्व (पहिलो संशोधन) विधेयकमार्फत बजेट निर्माणमा अर्थ मन्त्रालय हाबी हुन खोजेको भन्ने टिप्पणीमा कुनै सत्यता नभएको बताएका छन् ।
सभाको आईतवारको बैठकमा मन्त्री पौडेलले बजेट निर्माणका क्रममा विधेयकमार्फत योजना आयोगको अधिकार कटौति नगरिएको समेत स्पष्ट पारे । बजेट निर्माणको नेतृत्व अर्थ मन्त्रालयले गरेपनि सबै मन्त्रालयहरुका आआफ्नै परिभाषित जिम्मेवारी रहेको उनले बताए ।
उनले बजेटको सिलिङअनुसार कसरि बजेट विनियोजन गर्ने भन्ने विषयमा अर्थ मन्त्रालयले नभई सम्बन्धीत मन्त्रालय आफैंले गृहकार्य गर्ने जिकिर गरे । बजेटलाई योजना आयोग, अर्थ मन्त्रालय र सम्बन्धीत मन्त्रालयका बीचमा पारस्परिक समन्वयका अन्तिम रुप दिनेगरी विधेयक ल्याइएको उनको दाबी छ ।
बजेट निर्माणका क्रममा अर्थ मन्त्रालय आफ्ना सीमाभित्र रहेर काम गर्ने उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस्