काठमाडाैँ । दक्षिण एसियाका विभिन्न मुलुकका किसान संगठनका प्रतिनिधिहरूको उपस्थितिमा काठमाडौँमा सम्पन्न दक्षिण एसियाली किसान मञ्चको पाँचौँ सम्मेलनले संगठनलाई ‘दक्षिण एसियाली किसान महासंघ’ मा रूपान्तरण गर्ने निर्णय गरेको छ।
गत चैत ७ र ८ गते दक्षिण एसियाका विभिन्न देशका २५ बढी किसान सङ्गठनका प्रतिनिधि सहभागी सम्मेलनले किसानहरूको खाद्य सम्प्रभुता, जलवायु न्याय र अधिकार सुनिश्चित गर्न बहुराष्ट्रिय निगम र वित्तीय संस्थाहरूको जनविरोधी नीतिविरुद्ध संघर्षलाई सशक्त बनाउन आह्वान गरेकाे अखिल किसान महासंघले आज पत्रकार सम्मेलन गरि जानकारी दिएकाे हाे ।
सम्मेलनमा नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलंका, भुटान, मालदिभ्स र अफगानिस्तानका किसान नेताहरूले आआफ्ना मुलुकका कृषि समस्या र समाधान उपायबारे छलफल गरेका थिए ।त्यस्तै सम्मेलनले ‘काठमाडौँ घोषणापत्र’ पारित गर्दै किसानमैत्री नीति निर्माण र कार्यान्वयनका लागि क्षेत्रीय र अन्तर्राष्ट्रिय तहमा पहल गर्ने निर्णय गरेकाे छ ।
यसैगरी संगठनको नयाँ नेतृत्व चयन गर्दै अखिल नेपाल किसान महासंघका अध्यक्ष तथा नेपाल सरकार किसान आयोगका अध्यक्ष डा. प्रेम दंगाललाई अध्यक्षमा दक्षिण एसियाली किसान महासंघकाे नेतृत्वमा १२ सदस्य गठन गरिएकाे छ । जसमा भारत, बङ्गलादेश, पाकिस्तान र नेपालका विभिन्न किसान नेताहरू उपाध्यक्ष, महासचिव, सचिव र सदस्य पदमा निर्वाचित भएका छन्।
प्रतिक्रिया दिनुहोस्