काठमाडौँ । चालु आर्थिक वर्ष २०८१\०८२ को आठ महिना (साउनदेखि फागुन) सम्म निर्जीवन बिमा कम्पनीहरूले २८ अर्बभन्दा बढी रुपैयाँ कुल बिमा शुल्क संकलन गरेका छन् । सञ्चालनमा रहेका १४ वटा निर्जीवन बिमा कम्पनीले चालु आर्थिक वर्षको आठ महिनामा कुल १८ लाख ४३ हजार ४५६ वटा बिमालेख जारी गरी कुल २८ अर्ब २ करोड ८८ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेका हुन् ।
सो अवधिमा सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले कुल बिमाशुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिमा ४ अर्ब १३ करोड रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छ । त्यस्तै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले ३ अर्ब ३२ करोड ४४ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गर्दा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २ अर्ब ७५ करोड ३९ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छ ।
यता आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले २ अर्ब ३७ करोड रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छ भने नेको इन्स्योरेन्सले २ अर्ब १९ करोड रुपैँया संकलन गरेको छ । त्यसैगरि हिमालयन एभरेष्ट इन्स्योरेन्सले २ अर्ब २१ करोड रुपैयाँ संकलन गरेको छ । एनएलजी इन्स्योरेन्स कम्पनीले १ अर्ब ८५ करोड संकलन गर्दा आोरिएन्टल इन्स्योरेन्स कम्पनीले १ अर्ब ७० करोड रुपैयाँ, यूनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ५९ करोड रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छन् ।
त्यस्तै सानिमा जिआईसी इन्स्योरेन्सले १ अर्ब ५७ करोड रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छ भने नेपाल इन्स्योरेन्सले १ अर्ब ४० करोड रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छ । प्रभु इन्स्योरेन्सले १ अर्ब १६ करोड , राष्ट्रिय बिमा कम्पनीले १ अर्ब ९ करोड र नेशनल इन्स्योरेन्सले ७३ करोड ४७ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्