काठमाडौं । संयुक्त राज्य अमेरिकाबाट निष्काशित १९९ आप्रवासी बोकेको विमान सोमबार बिहान भेनेजुएला आइपुगेको गृहमन्त्री डिओसडाडो काबेलोले बताएका छन् । “आज, हामी १९९ जना स्वदेशीहरुलाई स्वागत गर्दैछौं,” उनले विमानस्थलमा बताए ।“हामी भेनेजुएलाका मानिसहरु जहाँ भए पनि स्वागत गर्न तयार छौं ।”
प्रत्यक्ष फुटेजमा स्वेटसूट लगाएका युवाहरु राजधानी काराकास बाहिर अवतरण गरेको विमानबाट ओर्लिरहेको देखाइएको छ । तिनीहरुमध्ये केही मुस्कुराइरहेका र ताली बजाइरहेका थिए ।
शनिबार भेनेजुएलाले संयुक्त राज्य अमेरिकाबाट स्वदेश फिर्ती उडानहरु पुनः सुरु गर्न वाशिङ्टनसँग सम्झौता गरेको घोषणा गरेपछि यो उडान आएको हो ।
प्रतिक्रिया दिनुहोस्