वसन्त ऋतुको आगमनसँगै सुसज्जित धोबीखोला (फाेटाे फिचर)


काठमाडौँ ।वसन्त ऋतु प्राकृतिक हरियालीले सजिएको अनि सबैभन्दा रमाइलो र आनन्दको अनुभव गराउने ऋतु हो ।

वसन्त पञ्चमीको दिनदेखि प्रकृतिका समस्त पुराना कुराहरू हटेर जान्छन् र प्रकृतिले पुनः नयाँ श्रृंगार गर्छिन् । वसन्त ऋतु कसलाई पो मन पर्दैन र ! मन नै लोभ्याउने गरी चारैतिर हरियाली छाउँदै सबै बोटबिरुवाका पुराना पातहरू झर्छन् ।

तुवाँलो र प्रदूषणले घेरेको राजधानी काठमाडौँमा अहिले ढकमक्क फूलेका फूलहरूले जो कोहीलाई लोभ्याई रहेको छ । वसन्त ऋतुको आगमनसँगै अहिले काठमाडौँ सहर र रंङ्गीचङ्गी फूलहरूले सुसज्जित भएको छ । काठमाडौँ उपत्यकाका सडक र खोलाका किनारमा ढकमक्क फुलेका फूलहरूले सवारी चालक र पैदल यात्रुलाई लोभ्याई रहेको छ ।

त्यसैगरी धोबीखोला नदी किनारामा पनि रङ्गीचङ्गी ढकमक्क फूलेका फूलहरूले यतिबेला धोबीखोलाकाे मुहारै फेरिएकाे छ ।