तोकिएको समयमा राफसाफ नगरेकाे कारण एप्पल सेक्युरिटिज निलम्बनमा


काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जले एप्पल सेक्युरिटिजलाई ३ दिनको लागि निलम्बलन गरेको छ । तोकिएको समयावधिमा राफसाफ तथा फछ्र्यौट नगरेको भन्दै निलम्बन गरेको नेप्सेले जनाएको छ ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले २०८१ चैत १० गते पत्र लेख्दै समयावधिभित्र राफसाफ तथा फछ्र्यौट नगरेको भन्दै सिफारिस गरेकोले ३ दिनको लागि निलम्बन गरेको जनाएको छ ।