काठमाडौँ। ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओ बाँडफाँट भएको छ ।
आइपिओमा २ करोड ४५ लाख २९ हजार ५९० कित्ता सेयरका लागि २० लाख ५६ हजार ५७६ जनाले आवेदन दिएका थिए जसमध्ये १८ लाख ४८ हजार २९८ आवेदन स्वीकृत भएको थियो ।
मागभन्दा बढी आवेदन परेकाकारण गोलाप्रथामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ। जसमा एक लाख ४७ हजार ६०० आवेदकले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्।
कम्पनीले गत फागुन २७ गतेदेखि चैत ३ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १४ लाख ७६ हजार कित्ता आईपीओ निष्काशन गरेको थियो।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्