‘लोडसेडिङ चाहिँदैन, कुलमान हटाउन पाइदैन’ भन्दै माइतीघरमा युवाहरूले गरे प्रदर्शन (फाेटाे फिचर)


काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयले माइतीघरमा युवाहरूले प्रदर्शन गरेका छन् ।

आज उनीहरूले ‘कता हिँडेको बिजुली मारेर, कुलमान फालेर’, ‘सिंगो नेपाल के भन्छ, कुलमान घिसिङ ल्याऊ भन्छ’, ‘देशलाई अन्धकारमा धकेल्न पाइँदैन’लोडसेडिङ चाहिँदैन, कुलमान हटाउन पाइदैन लगायतका प्लेकार्ड प्रदर्शनकारीले बोकेर सरकारको निर्णयको विरोध गरेका थिए ।

मन्त्रिपरिषदको सोमबारको बैठकले घिसिङलाई कार्यकारी निर्देशकबाट हटाएर उक्त पदमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो।