कुलमानलाई हटाएर सरकारले ठूलो गल्ती गर्‍यो, निर्णय सच्याओस्ः जनार्दन शर्मा


काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएर सरकारले ठूलो गल्ती गरेको बताएका छन् ।

मंगलवारको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले सरकारले गल्ती गरेको कुरा भविष्यमा पश्चताप हुने उल्लेख गरेका हुन्। उनले हटाउनुको कारण काम गर्न नसकेको भन्ने आरोप रहेको भन्दै यो आरोप कसैले नपत्याउने जिकिर गरे ।

उनले कुलमान हटाउनुको कारणबारे जथाभावी तर्क नगर्न पनि उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्कालाई चेतावनी दिए ।उनले देशको लागि काम गर्ने व्यक्ति हटाउनु दुर्भाग्य भएको बताए ।