प्रतिपक्षी दलले कुलमान हटाएकोमा संसदमा विरोध गर्ने


काठमाडाैँ । प्रतिपक्षी दलहरुले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएकोमा सरकारको बिरोध गर्ने निर्णय गरेको छ ।

बुधवार सिंहदरबारमा बसेको संसदका विपक्षी दलहरूको बैठकले सदन र सडकबाट सरकारको उक्त निर्णयको विरोध गर्ने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले सरकारले अलोकतान्त्रिक रूपमा विधि मिचेर घिसिङलाई हटाएको भन्दै प्रतिपक्षी दलहरूले संसदमा आवाज उठाउने र सडकमा पनि बिरोध गर्ने निर्णय भएको बताए । उनले सदनमा प्रतिपक्षी दलहरुले सरकारको उक्त निर्णयको बिरुद्धमा बिरोध गर्ने बताए ।