भक्तपुरमा उत्पादित पालुङ्गो सागमा अत्यधिक विषादी, उपभोग अयोग्य प्रमाणित


काठमाडौँ । भक्तपुरमा उत्पादित पालुङ्गो सागमा अत्यधिक मात्रामा विषादी भेटिएको कारण खान अयोग्य ठहरिएको छ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार कालीमाटीस्थित ६२४ नम्बरको कृष्णमाया तामाङ्गको पसलमा बिक्रीका लागि राखिएको भक्तपुरमा उत्पादित पालुङ्गो सागमा अर्गानोफस्फेट नामक कीटनाशक विषादीको मात्रा ८३.६२५ प्रतिशत रहेकाले खान अयोग्य ठहरिएको हो ।

बजारमा कार्वामेट र अर्गानोफस्फेट समूहका विषादीको मात्र परीक्षण गरिँदै आएको छ । यस्तो प्रकारको विषादी जाँच गर्दा रोकावट प्रतिशत ३५ भन्दा कम उपभोगयोग्य, ३५ देखि ४५ सम्म केही दिन राखेर खान मिल्ने र ४५ भन्दा बढी खान अयोग्य मानिन्छ ।