लक्ष्मी स्टील्समा एनआर्ईबिएल इक्विटी पार्टनर्सको लगानी


काठमाडौँ । एनआइएमबि एस क्यापिटलद्वारा सञ्चालित एनआर्ईबिएल इक्विटी पार्टनर्सले लक्ष्मी स्टील्स लिमिटेडमा लगानी सम्बन्धी सम्झौता भएको छ । २०८१ चैत १२ गते एनआइएमबि एस क्यापिटलका अध्यक्ष सचिन टिवडेवाल र लक्ष्मी स्टील्सका निर्देशक बिमल कुमार सावरथिया बिचमा हस्ताक्षर भएको हो । यस साझेदारीले लक्ष्मी स्टील्सको उत्पादन क्षमता तथा बजार विस्तारलाई तीव्रता दिन थप मद्दत गर्ने जनाएको छ ।

एनआर्ईबिएल इक्विटी पार्टनर्सबाट गरिएको यो लगानीले लक्ष्मी स्टील्सको उत्पादन क्षमतालाई सुधार गर्न, उत्पादन दक्षता बढाउन र यसको बजार पहुँच विस्तार गर्न सशक्त सहयोग पु¥याउनेछ । लक्ष्मी स्टील्सले नेपालको स्टील उद्योगमा आफ्नो बिस्तारलाई अझै मजबुत बनाउन र देशको आर्थिक प्रगतीकमा समेत योगदान पु¥याउने लक्ष्य राखेको छ ।

सन् २००८ मा सौरभ ग्रुप अन्तर्गत स्थापना भएको लक्ष्मी स्टील्स लिमिटेड, टिएमटी रड, ब्लेड र रिब्ड तारहरूको प्रमुख उत्पादक कम्पनीको रुपमा रहेको छ । नवलपरासीको सुनवलमा अत्याधुनिक स्तरको उद्योग सञ्चालन गर्दै आएको कम्पनीले उच्च गुणस्तरको स्टील उत्पादनगर्न प्रतिबद्ध रहिआएको छ । यस सम्झौताले नेपालको पूर्वाधार तथा आर्थिक वृद्धिमा अझ बढी योगदान पु¥याउन सफल हुने कम्पनीको विश्वास रहेको छ ।

एनआइएमबी एस क्यापिटलका अध्यक्ष सचिन टिवडेवालले भने, “लक्ष्मी स्टील्स लिमिटेडसँग सहकार्य गर्न पाउँदा हामी अत्यन्त उत्साहित छौँ । एनआर्ईबिएल इक्विटी पार्टनर्स आर्थिक वृद्धिमा योगदान पु¥याउने तथा त्यस्ता आर्थिक वृद्धि गर्न सहयोग पु¥याउने सशक्त व्यवसायहरूलाई समर्थन गर्न प्रतिबद्ध रहेको छ । यस लगानीको साथ हामी लक्ष्मी स्टील्सलाई नयाँ उचाइमा पु¥याउन र नेपालको पूर्वाधारको मेरुदण्डलाई मजबुत बनाउन मद्दत गर्ने उद्देश्य राख्छौं ।”

लक्ष्मी स्टील्स लिमिटेडका निर्देशक बिमल कुमार सावरथियाले भने, “एनआर्ईबिएल इक्विटी पार्टनर्ससँगको यो साझेदारी हाम्रो लागि एक सुनौलो अवसर हो । उहाँहरुको विशेषज्ञता र पूँजीले हामीलाई कम्पनीको क्षमता विस्तार गर्न र नेपालको आर्थिक विकासमा योगदान गर्न थप मद्दत गर्नेछ । यसका साथसाथै हामी स्टील उद्योगको लागि एक बलियो भविष्य निर्माण गर्दैछौँ ।”