प्रतिनिधिसभा बैठक २ बजेलाई सारियो


काठमाडौँ । प्रतिनिधिसभा बैठक दिउँसो २ बजे मात्रै बस्ने भएको छ। यसअघि बिहान ११ बजे बोलाए पनि बैठक सञ्चालनका विषयमा दलहरूबिच सहमति बन्न नसकेपछि २ बजे सारिएको हो।

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई हटाएको विषयमा विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग गरेपछि बैठक समयमा सुरू हुन नसकेको हो।

संसद् सचिवालयले बैठक २ बजे बस्ने गरी तय भएको सूचना सार्वजनिक गरेको छ।