शुक्रबार एक हजार ४०० रुपैयाँले बढ्यो सुनको मूल्य


काठमाडौँ । शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला एक हजार ४०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख ७४ हजार ८०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य शुक्रबार एक लाख ७६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर २ हजार ४० रुपैयाँ कायम भएको छ ।