काठमाडौँ । वाणिज्य बैंकहरुको शाखा ५ हजार ७८ शाखा रहेका छन् । सन् २०२० मा वाणिज्य बैंकहरुको शाखा ४ हजार ४३६ रहेको थियो भने २०२४ मा ५ हजार ५६ रहेको थियो । सन् २०२५ फेब्रुअरीसम्म ५ हजार ७८ शाखा रहेका छन् ।
सबैभन्दा बढी शाखा एन आई सी एशिया बैंकको रहेको छ भने सबैभन्दा कम स्ट्याण्डर्ड चार्टड बैंकको रहेको छ । सन् २०२४ सम्ममा एन आई सी एशिया बैंकको शाखा ४७९ रहेको छ भने स्ट्याण्डर्ड चार्टड बैंकको शाखा १५ ओटामात्र रहेको छ ।
पछिल्लो ५ वर्षमा नेपालमा स्ट्याण्डर्ड चार्टड बैंकको शाखा १५ ओटामात्र रहेको छ । ग्लोबल आइएमई बैंकको शाखा पनि ४७९ ओटा रहेको छ । बढी शाखा हुने वाणिज्य बैंकमा ग्लोबल आइएमई बैंक पनि रहेको छ ।
कोशी प्रदेशमा वाणिज्य बैंकहरुको शाखा ७६२, मधेश प्रदेशमा ५८१, बागमती प्रदेशमा एक हजार ८४०, गण्डकी प्रदेशमा ६०५, लुम्बिनी प्रदेशमा ७४५, कर्णाली प्रदेशमा २१६ र सुदुरपश्चिम प्रदेशमा ३२९ शाखा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्