काठमाडौं । सङ्घीय राजधानी काठमाडौँ उपत्यकामा गणतन्त्रवादी र राजतन्त्रवादीको छुट्टाछुट्टै प्रदर्शनलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था चुस्त बनाइएको छ ।
काठमाडौँका विभिन्न स्थानमा हुने जुलुस र सभास्थलको सुरक्षा व्यवस्थालाई चुस्त र प्रभावकारी बनाइएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक ९डिआइजी० दिनेशकुमार आचार्यले जानकारी दिए ।
डिआइजी आचार्यकाअनुसार उपत्यकाका प्रमुख चोकहरुमा प्रहरीको बाक्लो तैनाथी छ भने भैपरी आउने परिस्थितिका लागि आवश्यक सङ्ख्यामा प्रहरी तयारी अवस्थामा रहेका छन् ।
उपत्यकामा आज समाजवादी मोर्चा नेपालले गणतन्त्रका पक्षमा काठमाडौँ प्रदर्शनीमार्गमा शक्ति प्रर्दशन गर्दैछ भने राजतन्त्र पक्षधरले नयाँबानेश्वर तीनकुनेमा प्रदर्शन गर्दैछन् । दु
प्रतिक्रिया दिनुहोस्