तीनकुनेमा राजावादीले गरे एक घरमा आगजनी र तोडफोड (फाेटाे फिचर)


काठमाडौं । तीनकुने माराजावादीको प्रदर्शनका क्रममा एउटा घरमा आगो लागेको छ । आन्दोलनकारीले सो घरमा प्रहरी लुकेको भन्दै ढुंगामुढा गरेका थिए ।

राजसंस्था पुनर्स्थापनका लागि प्रदर्शनमा आएकाहरूले निजी घरमा आगजनी र तोडफोड गरेको प्रहरीको भनाइ छ।

राजतन्त्रवादी र समाजवादी मोर्चाले आज काठमाडौँमा अलग–अलग जनप्रदर्शन गर्दै छन् । दुई पक्षबिचको प्रदर्शनलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ ।

राजावादीहरू काठमाडौँको तीनकुने क्षेत्रमा प्रदर्शन गर्दैछन्, भने भृकुटीमण्डपमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी सम्मिलित समाजवादी मोर्चाले प्रदर्शन गरेका छ ।