राजावादीले समूहले जडीबुटी प्रशोधन कम्पनीमा जलाए आठवटा गाडी, कर्मचारीले भागेर बचाए ज्यान


काठमाडौं । राजावादीहरूले समूहले काठमाडौंको जडीबुटीस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी परिसरमा आगजनी गरेका छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा भएको प्रदर्शनमा उत्रिएका उनीहरूले कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको कार्यालय परिसरमा आगजनी गरेका हुन् । गृह मन्त्रालयका अनुसार राजावादी समूहले कार्यालयमा रहेका आठवटा सवारीमा आगजनी गरेका छन् ।

राजावादी समूहले तोडफोड र आगजनी गर्न सुरु गरेपछि कर्मचारीहरूले भागेर ज्यान जोगाएको बताएका छन् ।

तीनकुने क्षेत्रमा जिल्ला प्रशासन कार्यालय काठमाडौँले कर्फ्यु जारी गरेपछि प्रहरीले माइकिङ गर्दै तीनकुने एरिया खाली गर्न भनेको थियो । प्रशासनले दमन गरेको भन्दै अनियन्त्रित बनेको भि ड जडीबुटी कम्पनीमा आगजनी गर्न पुगेको हो ।