काठमाडौँ। साताको कारोबारको पहिलो दिन सेयरबजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार सेयर मापक सूचक नेप्से परिसूचक २९.८२ अंकले बढेर २६९३.१२ अंकमा पुगेको छ ।
आजको दिन सेयरबजारमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ११ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी २ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।
आइतबार नेप्सेमा हिमालयन रि इन्स्योरेन्सको सेयरको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ६९ करोड १९ लाख ७७ हजार ४११ रुपैयाँको कारोबार भएको छ ।
आइतबार जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताहरुले सबैभन्दा बढि कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.९४ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
कुल ३२३ कम्पनीको एक करोड ५५ लाख ७२ हजार ८६२ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ५६ करोड ८२ लाख २६ हजार १९७ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्