अमेरिकी करले अटो उद्योगको एकीकरणलाई हानि पुर्‍याउँछः मेक्सिको राष्ट्रपति


काठमाडाैँ । मेक्सिकोका राष्ट्रपति क्लाउडिया शेनबाउमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेकाे २५ प्रतिशत करले दुई देशको अटो उद्योगको एकीकरणमा असर गर्ने बताएकी छन् ।

गत वर्ष मेक्सिकोबाट संयुक्त राज्य अमेरिकामा लगभग २५ लाख सवारी साधन निर्यात गरिएको थियो । यो दशकौंदेखि हुँदै आएको एकीकरण हो । उनले मेक्सिको एकपक्षीय उपायसँग सहमत नरहेको बताइन् । कुनै पनि करले एकीकरण र दुई देशको अर्थतन्त्रलाई असर गर्ने बताइन् ।