रास्वपा सांसद झाको प्रश्नः कर्मचारी मन्त्रीप्रति ‘लोयल’ हुने कि देशप्रति ?


काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले कर्मचारी कुनै मन्त्रीप्रति नभई देशप्रति इमान्दार हुनुपर्ने बताएका छन् ।प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । यसअघि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गरिएकोबारे जवाफ दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीप्रति लोयल इमानदार नभएको आशय व्यक्त गरेका थिए।

सांसद झाले मन्त्रीको चाप्लुसि गर्न कोही पनि कर्मचारी नआए सबैलाई हटाइदिने हो ? भन्दै प्रश्न समेत गरे । कुनैपनि कर्मचारी, राज्यप्रति, उसको कर्तव्य र जिम्मेवारी तथा संस्थाको लक्ष्य प्राप्तमका निम्ति इमान्दार हुनुपर्ने बताए । 

“आज प्रधानमन्त्री कर्मचारी मन्त्रीप्रति लोयल हुने कुरा गरेर जानुभयो । कर्मचारी मन्त्रीप्रति लोयल हुने कि देशप्रति ? मन्त्रीको चाप्लुसि गर्नको लागि कोही कर्मचारी आउँछ ? कस्तो कुरा गरेर जानुभयो उहाँले कि मन्त्रीप्रति लोयल भएन त्यसैले सरुवा गरियो रे । राज्यप्रति, राज्यले तोकेको उसको जब डिस्क्रिप्सनप्रति, उ जे कार्यभार लिएको छ त्योप्रति, उसको संस्थामो लक्ष्यप्रति लोयल हुने कर्मचारी हामीलाई चाहिएको छ । कुनैपनि मन्त्रीप्रति लोयल हुने कर्मचारी होइन,” उनले भने ।

उनले कुनैपनि कर्मचारी मन्त्रीप्रति लोयल हुने संस्कार छोड्न जरुरी रहेको समेत बताए ।