काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र जारी गर्ने भएको छ । ऋणपत्र जारी गर्न बैंकले नेपाल धितोपत्र बोर्ड (सेबन) बाट अनुमति पाएको छ ।
बैंकले प्रतिइकाई एक हजार रुपैयाँको दरले २५ लाख इकाई ऋणपत्र निष्कासन तथा बिक्री खुला गर्नेछ । बैंकले ७ वर्षको लागि ऋणपत्र बिक्री गर्न लागेको हो भने यसको वार्षिक ब्याजदर ७ प्रतिशत तोकिएको छ ।
ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया दिनुहोस्