उद्योग संगठन मोरङले युवा उद्यमशिलता विकास गर्न प्रयास गर्दै


काठमाडौँ । रोजगारको खोजीमा युवाहरुको वढदो पलायनलाई ध्यानमा राखी उद्योग संगठन मोरङले ३० वर्ष मुनीका युवाहरुलाई लक्षित गरी उद्यमशिलता विकासमा आकर्षित गर्न स्टार्टअप एण्ड इनोभेशन कार्यक्रमलाई परिस्कृत रुपमा ल्याएको छ ।
व्यवसायिक सोच बिचार तथा अवधारणा भएका यूवाहरुलाई उद्यमशिलतामा रुपान्तरण गर्ने उद्देश्यका सञ्चालनमा ल्याएको उक्त कार्यक्रममा सहभागिताका लागि २०८१ चैत्र ३१ गते सम्म संगठनको वेवासाइट सामाजिक सञ्जालबाट आवेदन गर्न सक्ने व्यवस्था गरेको छ ।

कार्यक्रमलाई प्रभावकारीरुपमा सञ्चालन गर्न चैत्र ३१ गतेसम्म प्राप्त कुल आवेदनहरुलाई उद्यमशिलता अवधारणाको प्रस्तुतीकरण गराई उत्कृष्ट १५ जना स्र्टाटअप उद्यमीहरु छनौट गरिने उल्लेख गरिएको छ ।

छनौट भएका उद्यमीलाई निःशुल्करुपमा व्यवसायीक योजना तर्जुमा, व्यवसायिक योजना अनुरुप आवश्यक पर्ने प्राविधिक बिषयहरुमा मेन्टरसिप, कोचिङ, परामर्श सेवा, नेटवर्क विस्तारको अवसर प्रदान गरिने संगठनले जनाएको छ ।

३ महिनासम्म संगठनको मेन्टरसिपमा रहने स्टार्टअपहरुलाई व्यवसायीक विकासमा थप सहयोग पु¥याउन उक्त अवधिमा बिजनेश क्यानभास मोडेल, बिजनेश हेल्थ चेकअपका साथै हाटबजार लगायतका कार्यक्रमहरु आयोजना गरि उत्कृष्ट हुन सफल ३ स्टार्टअपहरुलाई पुरष्कृत गर्ने संगठनको योजना रहेको छ ।

बिराटनगर महानगरपालिका र पूर्वाञ्चल विश्व विद्यालयको सहकार्यमा सञ्चालन गरिने उक्त कार्यक्रमले स्टार्टअप व्यवसायको प्रवर्धन र विकासका लागी दिगो इकोशिष्टमको जग बसाल्न सहयोग पु¥याउने विश्वास संगठनले लिएको छ ।