राजावादी समूहको प्रदर्शनमा सहभागी नहुन सरकारको अपिल


काठमाडाैँ । राजावादी समूहको प्रदर्शनमा सहभागी नहुन सरकारले आम नागरिकलाई अपिल गरेको छ ।

मंगलवार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्बीसुब्बा गुरुङले राजावादी समूहको अराजक प्रदर्शनमा सहभागि नहुन सरकारले अपिल गरेको बताएका हुन् ।

त्यस्तै गत शुक्रवार तीनकुनेमा भएको प्रदर्शनका क्रममा घाइते भएकाहरुको उपचार सरकारले गर्ने निर्णय भएको उनले बताए ।

घटनामा घाइते भएकाहरूको उपचारको व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई जिम्मेवारी दिने निर्णय मन्त्री गुरुङले जानकारी दिए ।