काठमाडाैँ । भारतबाट आयात गरिँदै गरेको उपभोग्य अवधि उल्लेख नभएको इन्स्ट्यान्ट चिया खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग अन्तर्गत बेलहिया कार्यालयले रोक्का गरेको छ।
काभ्या भेन्चर्स प्रा. लि. ललितपुरद्वारा आयातका लागि भैरहवा भन्सार नाकामा ल्याइएका ९ कार्टुन (कुल २३१ केजी) इन्स्ट्यान्ट चिया जाँच गर्दा अनिवार्य विवरणहरू नदेखिएको विभागले जनाएको छ।
खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय बेलहियाले जाँच विश्लेषण गर्दा उक्त चियाको लेबलमा उत्पादन मिति र ब्याच नम्बर जस्ता अनिवार्य विवरण नउल्लेखित भेटिएको थियो।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ अनुसार यस्ता विवरणहरू अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने प्रावधान रहेकाले उक्त चियालाई आयात योग्य नभएको भनी भैरहवा भन्सार कार्यालयमा प्रतिवेदन पठाइएको प्रवक्ता मोहन कृष्ण महर्जनले जानकारी दिए।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ को दफा १९ अनुसार कुनै पनि उत्पादन, पैठारी वा बिक्री वितरण गर्दा लेबलमा आवश्यक विवरण स्पष्ट हुनैपर्छ।
प्रतिक्रिया दिनुहोस्