काठमाडाैँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल–भारतबिचको सम्बन्ध सधैं मजबुत र सन्तुलित बनाउनुपर्नेमा जोड दिएका छन् ।
गणेशमान सिंह फाउन्डेसनले सोमवार काठमाडौंमा आयोजना गरेको ‘नेपाल–भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरजीले पुर्याएको योगदान’ विषयक गोष्ठीमा बोल्दै उनले जुनसुकै पार्टीको सरकार भएपनि दुवै देशको हित हुनेगरी अगाडि बढ्नुपर्ने बताएका हुन् ।
उपप्रधानमन्त्री सिंहले नेपाल–भारतबिचको सम्बन्ध सुदृढ गर्नुमा भारतीय पूर्वप्रधानमन्त्री चन्द्रशेखरको भुमिका अत्यन्त महत्वपूण रहेको समेत बताए ।
“नेपाल–भारतबिचको जुन सम्बन्ध छ । सरकार जेसुकै होस् जसको होस् । भारतमा होस् वा नेपालमा जुनसुकै पार्टीको सरकार होस् । दुवै देशबिचको सम्बन्ध मजबुत र सन्तुलित राख्यौं भने दुबै देशको हित हुन्छ । दुबै देशको हित हुने कुरामा हामी सबैले जोड दिनुपर्छ,” उनले भने ।
णेशमान सिंह र भारतीय चन्द्रशेखरबिचको सुमधुर सम्बन्ध र चरित्रका कारण नेपाल–भारतबिचको सम्बन्ध सुदृढ हुन पुगेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्