काठमाडौँ । बुधबार सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला एक लाख ७३ हजार ४०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य बुधबार २ हजार रुपैयाँले बढेर एक लाख ७५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर एक हजार ८३५ रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस्