काठमाडौँ। साताको कारोबारको चौथो दिन सेयरबजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार नेप्से परिसूचक ९.६६ अंकले बढेर २६७६.२८ अंकमा पुगेको छ ।
आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये २ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने ११ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।
बुधबार एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ४२ करोड ७५ लाख ६८ हजार ४७७ रुपैयाँको कारोबार भएको छ ।
आज नेपाल माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, आज सिन्धु विकास बैंकका लगानीकर्ताहरुले सबैभन्दा बढि गुमाएका छन् । कम्पनीको सेयरमूल्य ७.४७ प्रतिशतले घटेको छ ।
कुल ३१७ कम्पनीको एक करोड ७३ हजार ८२२ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४८ करोड ४६ लाख १९ हजार ७४० रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्