काठमाडौँ। साताको कारोबारको अन्तिम दिन सेयरबजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार नेप्से परिसूचक ५.५७ अंकले घट्दा २६७०.७० अंकमा झरेको छ ।
आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ४ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने ९ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।
बिहीबार राधी विद्युत् कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३५ करोड ९४ लाख ७१ हजार ८५५ रुपैयाँको कारोबार भएको छ ।
आज नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, बोटलर्स नेपाल (बालाजू) लगानीकर्ताहरुले सबैभन्दा बढि गुमाएका छन् । कम्पनीको सेयरमूल्य ४.३७ प्रतिशतले घटेको छ ।
कुल ३२१ कम्पनीको एक करोड १३ लाख ८४ हजार ७२५ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ६३ करोड ७९ लाख ८१ हजार २५० रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्