अधिकांश वाणिज्य बैंकहरुको ब्याजदर स्थिर, एभरेष्टले मात्र बढायो


काठमाडौँ । वैशाख महिनाको लागि अधिकांश वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर स्थिर राखेका छन् । बैंकले वैशाख महिनाको लागि सार्वजनिक गरेको ब्याजदर अनुसार एउटा बैंकले बढाउँदा ३ ओटाले घटाएका छन् भने १६ ओटा वाणिज्य बैंकहरुको ब्याजदर स्थिर रहेको छ ।

एभरेष्ट बैंकले वैशाख महिनाको लागि ब्याजदर बढाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ६.६१ प्रतिशत ब्याजदर तोकेको छ । सानिमा बैंक, कुमारी बैंक र नेपाल बैंकले ब्याजदर घटाएका छन् । वैशाख महिनामा सानिमा बैंकले ५.९५ प्रतिशत, कुमारी बैंकले ५.९२ प्रतिशत र नेपाल बैंकले ५.१५ प्रतिशत ब्याजदर दिने जनाएको छ ।

बाँकी १६ ओटा वाणिज्य बैंकहरुले ब्याजदर स्थिर राखेका छन् । राष्ट्रिय वाणिज्य बैंकले ६ प्रतिशत, कृषि विकास बैंकले ५.५१ प्रतिशत, एनएमबी बैंकले ६.६ प्रतिशत, हिमालयन बैंकले ५.५ प्रतिशत, नेपाल एसबिआई बैंकले ५.५ प्रतिशत, सिटिजन्स बैंकले ५.६५ प्रतिशत, एनआईसी एशिया बैंकले ६.६ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ६.५ प्रतिशत, प्राइम कर्मशियल बैंकले ६.२५ प्रतिशत, स्ट्याण्र्डड बैंकले ६.२५ प्रतिशत, प्रभु बैंकले ६.१ प्रतिशत, लक्ष्मी सनराइज बैंकले ५.७५ प्रतिशत, कुमारी बैंकले ५.९२ प्रतिशत, नबिल बैंकले ५.७५ प्रतिशत, सिद्धार्थ बैंकले ६ प्रतिशत, ग्लोबल आइएमई बैंकले ६ प्रतिशत, माछापुच्छे« बैंकले ६ प्रतिशत, सानिमा बैंकले ५.९५ प्रतिशतसम्म ब्याजदर तोकेका छन् ।