नयाँ वर्ष २०८२ सुरू, मन्दिरमा पूजाआज गर्नेको घुइँचाे


काठमाडाैँ ।आजबाट २०८२ साल सुरू भएको छ । नयाँ वर्षको अवसरमा देशभर मन्दिरमा पुगेर पूजाआज गरी वर्ष दिनभर शुभ कामना गर्ने गरिन्छ ।

एक अर्कामा शुभकामना आदानप्रदान गरेर नयाँ वर्ष मनाइन्छ । नयाँ वर्षको अवसरमा मन्दिहरुमा भक्तजनहरूको भीड रहेको छ । मन्दिरमा पुगेर पूजाआज गरी वर्ष दिनको शुभकामना माग्नेहरूको उल्लेख्य उपस्थिति रहेको छ ।