सुरु भयो पहिलो ‘ललितकला मेला–२०८२’ (फाेटाे फिचर)


काठमाडौं । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा मंगलबारबाट ‘ललितकला मेला–२०८२’ सुरू भएकाे छ । प्रतिष्ठानकाे १६ औँ स्थापना दिवसको सन्दर्भ पारेर मेलाकाे आयाेजना गरिएकाे हाे ।

कलाहरूको प्रदर्शन, प्रवर्द्धन तथा जानकारी दिने उद्देश्यले पहिलो पटक ललितकला मेला आयोजना गरिएकाे प्रतिष्ठानले जनाएकाे छ ।

मेलामा चित्रकला, मूर्तिकला तथा हस्तकलाको प्रदर्शनी तथा बिक्रीमा राखिएकाे छ । नक्सालमा रहेकाे नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा वैशाख २ गतेदेखि ६ गतेसम्म हरेक दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मेलाको अवलोकन गर्न सकिने जनाइएकाे छ ।