काठमाडौँ । लघुवित्त वित्तीय संस्थाहरुले ४ खर्ब ७ अर्ब ७९ करोड रुपैयाँ वित्तीय स्रोत परिचालन गरेका छन् । २०८१ असार मसान्तसम्म एक खर्ब ७६ अर्ब १८ करोड रुपैयाँ बचत र २ खर्ब ३१ अर्ब ६१ करोड रुपैयाँ सापटी गरेर कुल ४ खर्ब ७ अर्ब ७९ करोड रुपैय वित्तीय स्रोत परिचालन गरेका छन् ।
यो २०८० असार मसान्तको तुलनामा ७.१४ प्रतिशतले बढि हो । २०८० असार मसान्तमा कुल वित्तीय स्रोत ३ खर्ब ८० अर्ब ६२ करोड रुपैयाँ रहेको थियो ।
लघुवित्त वित्तीय संस्थाहरुले २०८१ असार मसान्तसम्म ४ खर्ब ५५ अर्ब ५६ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जसमा समुह कर्जा २ खर्ब ८८ करोड ४० लाख रुपैयाँ, लघु उद्यम कर्जा ७५ अर्ब ७५ करोड रुपैयाँ र अन्य कर्जा ९१ अर्ब ४२ करोड रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएकोे छ ।
प्रतिक्रिया दिनुहोस्