काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले राजीनामा दिएका छन् ।
गर्भनर नियुक्त हुने चर्चाका बिच कार्यकारी निर्देशक भट्टले शुक्रबार राजीनामा दिएका हुन् ।
कार्यकाल सकिन एक महिना बाँकी छँदै गर्भनर नियुक्ती गर्नुपर्ने भएपनि सत्ता साझेदारबिच कुरो नमिल्दा गर्भनर नियुक्त हुन सकेको छैन ।
गभर्नर सिफारिस समितिले तीन जनाको नाम मन्त्रिपरिषद्मा पठाउने छ भने मन्त्रिपरिषद् बैठकले सिफारिमा परेका तीन जनामध्ये एक जनालाई गर्भनरमा नियुक्त गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्