गभर्नरका लागि भट्टको योग्यता नपुग्ने भन्दै सर्वोच्चमा रिट


काठमाडौँ। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट गर्भनरको लागि आवश्यक योग्यता नपुग्ने भन्दै सर्वोच्च अदालतमा पुरक निवेदन दर्ता भएको छ । शुक्रबार कार्यकारी निर्देशकबाट राजीनामा दिएपछि गर्भनर बन्ने चर्चाका आवश्यक योग्यता नपुगेको भन्दै अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले सर्वोच्च अदालतमा पुरक निवेदन दर्ता गरेका हुन् ।

भट्टले राजीनामा दिएपनि स्वीकृत भएको छैन । गर्भनर नियुक्तीको लागि सरकारले गठन गरेको सिफरिस समितिले तीन जनाको नाम सिफरिस नगर्दै राजीनामा दिएको चर्चाकै बिच भट्ट विरुद्ध सर्वोच्चमा पुरक निवेदन दर्ताको भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहमतिका आधारमा ऐनको प्रावधानलाई बेवास्ता गर्दै भट्टलाई नियुक्त गर्न खोजिएको निवेदनमा दाबी गरिएको छ ।