सर्वोच्च अदालतका न्यायाधीसले बारको राजनीति गरे: रमण श्रेष्ठ


काठमाडौँ । महान्यायाधिवक्ता रहिसकेका  वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले सर्वोच्च अदालतका न्यायाधीसले नेपाल बार एसोसियनको निर्वाचनमा कुनै पक्षमा खुलेर भोट माग्दै हिँडेको आरोप लगाएका छन् ।

नेपाल बार एसोसियसनको साधारण सभा तथा पद हस्तान्तरण कार्यक्रममा बोल्दै श्रेष्ठले भने- “यसपटक उम्मेदवारी तय गर्नेदेखि लिएर कसैलाई उम्मेदार हुन वा नहुन भन्नेदेखि लिएर भोट माग्ने कामसमेत सर्वोच्च अदालतका न्यायाधीसज्यूहरूले गर्नुभयो ।”

“न्यायाधीसले राजनीति गर्दैन। यदि कुनै विचार थियो भने पनि न्यायाधीस भइसकेपछि छाडेको हुन्छ, ” श्रेष्ठले थपे ” न्याय सम्पादन गर्ने क्रममा संविधान र कानुनप्रति प्रतिबद्ध गर्नुपर्ने हुन्छ नै। दुःखका साथ भन्नुपर्छ, निर्वाचन वकिलको तर उम्मेदवार तय गर्नेदेखि लिएर गठबन्धन गर्नेसम्ममा कसैलाई उम्मेदवार बन नबन भन्नेसहित न्यायाधीसले भोट मागेर हिँडेपछि हुन्छ के?”