काठमाडौँ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा एनआईसी एशिया बैंकको नाफा ९१.८१ प्रतिशतले घटेको छ ।
बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकले यो अवधिमा १५ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा एक अर्ब ९१ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
यो अवधिसमा बैंकले ७ अर्ब ९६ करोड २५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । खुद ब्याज आम्दानी २.७६ प्रतिशतले घटेको हो ।
बैंकको १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ भने जगेडा कोषमा १४ अर्ब ८१ करोड ३० लाख रुपैयाँ सञ्चित छ।
बैंककाे प्रति सेयर आम्दानी १.४१ रूपैयाँ रहेकाे छ भने प्रति सेयर नेटवर्थ १९९.३० रूपैयाँ रहेकाे छ ।
प्रतिक्रिया दिनुहोस्