काठमाडौं । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ५ अर्ब बढी नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको वित्तिय विवरणअनुसार तेस्रो त्रैमासमा बैंकको मुनाफा ८.२१ प्रतिशतले बढेर ५ अर्ब ५ करोड १४ लाख रुपैयाँ पुगेको छ ।
अघिल्लो आर्थिक वर्ष समिक्षा अवधिमा ४ अर्ब ६६ करोड रुपैयाँ नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी ३.९६ प्रतिशतले घटेर १२ अर्ब ५ करोड रुपैयाँमा सीमित बनेको छ भने बैंक सञ्चालन आम्दानी ७.५४ प्रतिशतले बढेर १३ अर्ब पुगेको छ ।
बैंकको रिटेन्ड अर्निङ ६.७७ प्रतिशतले घटेर २ अर्ब ८७ करोड रुपैयाँमा सीमित बनेको छ ।
चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख ९७ हजार रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा ३१ अर्ब ३१ करोड रुपैयाँ जम्मा रहेको छ । यो अवधिमा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ८७ करोड रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी(ईपीएस २५.०५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २२६.३६ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्