मन्जुश्री फाइनान्सको नाफा बढ्यो


काठमाडौं । मन्जुश्री फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको ९ महिनामा १७ करोड ११ लाख १९ हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीको नाफा १३.३३ प्रतिशतले बढेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १५ करोड ९ लाख ८६ हजार रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीले ६२ करोड ११ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलानमा १३.८६ प्रतिशतले बढेको हो ।

चुक्ता पुँजी एक अर्ब ३५ करोड १५ लाख ५२ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ७४ करोड ४३ लाख रुपैयाँ राखेको छ ।

कम्पनीको खराब कर्जा ३.९५ प्रतिशत रहेको छ । प्रतिसेयर आम्दानी १६.८८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १७०.१५ रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख गरिएको छ ।