काठमाडौं । साताको कारोबारको दोस्रो दिन सेयबजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार सेयर मापक सूचक नेप्से परिसूचक ७.७५ अंकले घटेर २६९८.२८ अंकमा झरेको छ ।
आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ७ ओटा उपसमुह घटेका छन् भने बाँकी ६ ओटा उपसमुह बढेका छन् ।
सोमबार न्याग्दी ग्रुप पावरको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ५३ करोड ९९ लाख बढिको कारोबार भएको छ ।
आजको दिन नेपाल माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.९९ अंकले बढेको छ ।
कुल ३१९ कम्पनीको २ करोड १२ लाख ३ हजार ७ सय ६६ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ७७ करोड ५७ लाख बढिको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्