अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको व्यापार युद्धमा युटर्नको संकेत दिएका छन् ।
बजारमा निरन्तर अस्थिरताका बिच ट्रम्पले चीनसँगको व्यापार युद्धमा यू–टर्नको संकेत दिएका हुन् । सिएनएनका अनुसार चिनियाँ सामानहरूमा लगाएको भन्सार दर शुन्य नभए पनि ठुलो मात्रामा घट्ने ट्रम्पले बताएका हुन् ।
संयुक्त राज्य अमेरिकाले चीनबाट आयात हुने सामानहरुमा १४५ प्रतिशत भन्दा बढी भन्सारदर लगाएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले चीनबाट आयात हुने सामानमा १४५ प्रतिशतभन्दा बढी भएपनि त्यति उच्च नभएकाे र उल्लेखनीय रूपमा घट्ने तर शून्य नहुने बताएका हुन् ।
सिएनएनका अनुसार संयुक्त राज्य अमेरिका र चीन बिचको उच्च कर दरहरूले अर्थतन्त्रहरू बीचको व्यापारलाई प्रभावकारी रूपमा प्रतिबन्ध लगाएको छ ।
जेपी मोर्गन चेसद्वारा आयोजित निजी लगानी सम्मेलनमा ट्रेजरी सेक्रेटरी स्कट बेसेन्टले चीनसँगको व्यापार युद्ध दिगो नभएको र निकट भविष्यमा यो युद्ध कम हुने अपेक्षा गरेको बताएका थिए ।
विश्वका दुई ठूला अर्थतन्त्र भएका देशहरूको भन्सारदर एकअर्काले बढाउँदा विश्वव्यापी बजारलाई हल्लाएको छ । जसले आपूर्ति शृङ्खलाहरू अवरुद्ध गरेको छ भने मन्दीको डर जगाएको छ ।
चीनले पनि अमेरिकी सामानहरूमा १२५% सम्म भन्सारदर पुर्याएको छ ।
प्रतिक्रिया दिनुहोस्