बिहीबार नेप्सेमा झिनो अंकको सुधार


काठमाडौं । साताको कारोबारको अन्तिम दिन सेयरबजारमा झिनो अंकको सुधार आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार सेयर मापक सूचक नेपसे परिसूचक २.०८ अंकले बढेर २६५८.०२ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ५ ओटा उपसमुहको सेयर बढेको छ भने बाँकी ८ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।

बुधबार नेप्सेमा न्याग्दी पावर लिमिटेडको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ७० करोड, ३४ लाख बढिको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा नेपाल माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.९९ अंकले बढेको छ ।

त्यस्तै आज नेपाल हाइड्रो लिमिटेडका लगानीकर्ताले सबैभनदा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ७.१२ प्रतिशतले घटेको छ ।

कुल ३०८ कम्पनीको १ करोड ९७ लाख ५४ हजार २ सय ४५ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ८७ करोड ९३ लाख बढिको कारोबार भएको नेप्सेले जनाएको छ ।