काठमाडौँ । नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले आज शीतल निवास पुगेर पद तथा गोपनीयताको शपथ लिएका छन् ।
एमालेबाट सांसद पन्तलाई राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नियुक्त गरेका हुन्।
यसअघिका शिक्षामन्त्री विद्या भट्टराईले वैशाख ८ गते राजीनामा दिएपछि उनको स्थानमा पन्तलाई नियुक्त गरिएको हो। पन्त समानुपातिक निर्वाचन प्रणालीबाट चुनिएका सांसद हुन्।
प्रतिक्रिया दिनुहोस्