झिनो अंकले बढ्यो नेप्से परिसूचक


काठमाडौं । साताको कारोबारको पहिलो दिन सेयरबजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार सेयर मापक सूचक नेप्से परिसूचक ३.०८ अंकले बढेर २६६१.६० अंकमा पुगेको छ ।

नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ७ ओटा उपसमुहको सेयरमूल्य वृद्धि भएको छ भने बाँकी ६ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।

आइतबार न्याग्दी पावर लिमिटेडको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ८६ करोड १७ लाख बढिको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा नेपाल माइक्रो फाइनान्सका लागनीकर्ताले सबैभन्दा धेरै कमाएका छन् कम्पनीको सेयरमूल्य ९.९९ अंकले बढेको छ ।

त्यस्तै आज विन नेपाल लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतटले घटेर नकरात्मक सर्किट लागेको छ ।

कुल ३१४ कम्पनीको २ करोड ८४ लाख ३८ हजार ४ सय २८ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ८७ करोड ५९ लाख बढिको कारोबार भएको नेप्सेले जनाएको छ ।