काठमाडाैँ । नेपाली काँग्रेसकी नेतृ तथा पूर्वउपप्रधानमन्त्री सुजाता कोईरालाले मुलुकमा संघीय व्यवस्थाअनुरुपको विकास निर्माण हुन नसकेको बताएकी छिन् ।
काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले तीन तहको सरकार भएर पनि विकासले भने गति लिन नसकेको बताइन् । मुलुकको अर्थतन्त्र बलियो नभएसम्म मुलुक बलियो नहुने उनले जिकिर गरिन्। उनले विकास गाउँबाट हुनुपर्ने उल्लेख गरिन् । चीनमा विपीले परिकल्पना गर्नुभएको नगर भेट्टाएको उनकाे भनाइ छ ।
उनले भनिन्, “जबसम्म मुलुकको अर्थतन्त्र बलियो हुँदैन, तबसम्म मुलुक बलियो हुनसक्दैन । त्यसैले वीपी कोइरालाले भनेझैं गाउँबाट विकास हुनुपर्छ । भर्खरै म चीन भ्रमणमा जाँदा त्यहाँको स्थानीय तहले कसरी सरकारसँग तालमेल गरेको छ भन्नेकुरा चीनको एक नगरको भ्रमणका क्रममा आपूmले देखेको र सो नगरको कार्य देखेर आफुले विपीको परिकल्पनाको नगर भएको पाएको छु ।”
प्रतिक्रिया दिनुहोस्