काठमाडाैँ । वैशाख १८ देखि २० गतेसम्म सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ ।
सम्मेलन नेपाल इन्स्टिच्युट अफ मेण्टल हेल्थको आयोजनामा चितवन मेडिकल कलेजमा हुन लागेको आयोजक समितिका संयोजक अमेरिकास्थित हार्वर्ड मेडिकल स्कुलका सहप्राध्यापक मनोचिकित्सक डा. श्रीधर पौडेलले जानकारी दिए ।
पौडेलकाअनुसार गाउँ र जिल्लामा बस्नेहरूलाई समेत मानसिक स्वास्थ्यका बारेमा जानकारी दिने सम्मेलनको मुख्य उद्देश्य रहेको छ ।
“मानसिक स्वास्थ्यको अवस्था दुई खालले हेर्न सकिन्छ । पहिलो मानिसहरुले कसरी उपचार पाइरहेका छन् । लगभग एक सयमा १० जनाले मात्र उपचार पाइरहेका छन् । यो मध्ये पनि धेरै गहन खालको मानसिक स्वास्थ्य समस्या थोरै मान्छेमा हुन्छ । तर यसको उपचार भने ग्रामीण क्षेत्रमा नभएकाले समस्या गाउँमा नै छ,”उनले भने ।
सम्मेलनले मानसिक स्वास्थ्य सम्बन्धी घोषणा पत्र जारी गर्ने आयोजकले जानकारी दिएको छ । यसअघि पहिलो सम्मेलन जुम्लामा भएको थियो ।
प्रतिक्रिया दिनुहोस्